१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे आज छलफल गर्दै


273
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्को साता चीन भ्रमणमा जाने सन्दर्भमा भ्रमणका विषयमा आज छलफल गर्नुहुने भएको छ ।

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका बारेमा छलफल गर्न लाग्नुभएकोे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँच दिनका लागि चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली छियाङसँग मंंसिर १८ गते भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि छियाङ सँगको भेटका अवसरमा दइपक्षीय सम्झौता हुने जनाएइको छ ।

भ्रमणकै क्रममा प्रधानमन्त्री ओली मंसीर १९ गते बेइजिङस्थित नेपाली दुताबासले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुनेछ । यस क्रममा द्विपक्षीय सम्बन्धलाई थप मैत्रीपूर्ण, प्रगति र विकासतर्फ अगाडि बढाउनुका साथै विगतमा गरिएका सन्धि सम्झौताहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल हुने बुझिएको छ ।