१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


ङतभुलु अजिमाको १२ वर्ष गण नाच सुरु


0
Shares

काठमाडौं । ङतभुलु अजिमाको १२ वर्ष तान्त्रिक देवी गण नृत्य सुरु भएको छ ।

तत्कालिन प्राचिन कान्तिपुर नगरको मध्य भागमा रहेको नरदेवीमा रहेको ङतभुलु अजिमाको देवी गण नृत्य हनुमान ढोकाको कालभैरव मन्दिर पछाडिको दबुमा भईरहेको छ । विहान सवेरै मात्र नचाइने सुथमाजु करुणामय र शिव गणको तान्त्रिक नाच पनि आज प्रस्तुत गरिएको थियो ।

ङतभुलु अजिमालाई शान्त देवीको रुपमा लिइन्छ भने देवी गणमा वाराही, इन्द्रयणी, नारायणी, रुद्रयणी, ब्रम्हायणी, महालक्ष्मी, कुमारी, गणेश, भैरव, सिंहणी र व्याधिणी लगायतका देवदेवी रहेको हुन्छ ।

देवी नाच ज्यापु समुदायबाट ४५ जना र तुलाधर उदाय समुदायबाट १७ जना गरि ६३ जनाको गुथीमा कार्य विभाजन सहित मंसिर ८ गते सम्म कालभैरव मन्दिर परिसरमा प्रर्दशन गरिन्छ ।

१२ वर्ष तान्त्रिक देवी गण नृत्य शुरु भएपछि ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपा लगायतको प्राचिन दरवारको मूल दवुमा र विभिन्न १२ स्थानमा प्रदर्शन गर्नु पर्ने परम्परा रहेको छ । ङतभुलु अजिमाको गण नृत्यले मुलुकको सुरक्षा हुने, शान्ति र मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।