२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : अध्यक्ष घिमिरे


455
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरुलाई सँगै लिएर हिँड्नुपर्ने बताउनुभएको छ ।

केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष घिमिरेले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताउनु बताउनुभयो ।

अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरुले अघि सारेको पनि स्पष्ट पार्नुभयो । ठूलो द्वन्द्वका बीच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवाष नेम्वाङले गर्नुभएको उहाको भनाई थियो ।

सोमबार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरेपनि कमै हुने बताउनुभयो ।

अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरु केलाएर हेर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।