Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछ : न्यायाधीश प्रधान


182
Shares

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातारणीय संकटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्था गर्नुपर्ने कुरालाई स्पष्ट पारेको बताउनुभएको छ ।

जलवायु परिवर्तनका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले त्यसबाट बच्नका लागि अदालतले जलवायु परिवर्तन र वातावरणीय न्यायको कुरामा केन्द्रित हुनुपर्ने कुरालाई स्पष्ट रुपमा उल्लेख गरेको उहाँको भनाई थियो ।

शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा बोल्दै न्यायाधीश प्रधानले नेपालले जलवायु परिवर्तनका बढ्दो जोखिमबाट क्षतिपूर्ति लिने गरी त्यसको प्रमाणहरु जुटाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपालले जलवायु परिवर्तनका लागि ठूलो क्षतिको सामना गरिरहनु परेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण हुने गरी प्रविधि, विज्ञान र वित्तमा जोड दिनुपर्ने बताउनुभयो ।

न्यायाधीश प्रधानले अदालत विकास विरोध नभएको र दिगो विकासको पक्षमा रहेको पनि बताउनुभयो ।

Skip This