Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


सरकारले कामको रफ्तार बढाउनुपर्ने छ : प्रधानमन्त्री ओली


546
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गरिरहेको बताउनुभएको छ ।

सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधबार प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेकाले अपेक्षा पूरा गर्नुपर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले काम र अपेक्षा बीच सन्तुलन चाहिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा मात्रै बढाए पुग्ने तर कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गरेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बेलामा राष्ट्रिय संकटबाट पनि राजनीतिक लाभ खोजिरहेको बताउनुभयो । उहाँले सरकारले पनि आफ्नो कामको रफ्तार बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले विपत्तिकाबीच पनि नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फ पाइला अघि बढाएको बताउनुभयो । अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरु आजबाट शुरु हुने बताउनुभयो ।