२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


नेपाल-भारतमैत्री संघद्वारा बाढी पीडितका राहत सामाग्री हस्तान्तरण


130
Shares

काठमाडौं । नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामाग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताउनुभयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको उहाँले बताउनुभयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनुभयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताउनुभयो ।

उहाँले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।