१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर छ : प्रधानमन्त्री ओली


312
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताउनुभयो । उहाँले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको बताउनुभयो । उहाँले पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कानूनको दायराभित्र रहेर सरकारले काम गर्ने बताउनुभयो ।