९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन् : पर्यटनमन्त्री पाण्डे


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी रहेको गुनासो गर्नुभएको छ ।

मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ध्यानाकर्षण पत्रपछि बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरुको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरु रहेको र सबै सञ्चालन गर्न विमानहरुको अभाव रहेको बताउनुभयो । उहाँले आन्तकिर ट्विनएटर विमानहरु ९/१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डे नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।

७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी ग्राउनु भयो । उहाँले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरु नरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वभाविक रुपमा बार्गेनिङ हुने गरेको बताउनुभयो ।