Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


खोला किनारमा मापदण्ड विपरित संरचना निर्माण गरेको भन्दै विरोध


897
Shares

काठमाडौं । काठमाडौ महानगरपालिकाले १३ वडा स्थित विष्णुमती खोला किनारमा मापदण्ड विपरित संरचना निर्माण गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

खोलाको दायाँ बायाँ ४० मिटर वरपर कुनै पनि संरचना निर्माण गर्न रोक लगाएको अवस्थामा महानगर आफैंले खोलासँगै शौचालय निर्माण गर्नु उचित नभएको स्थानीय सुमन सायमीले बताउनुभयो ।

निर्माण कार्य उचित नभएको भन्दै पटक पटक ध्यानाकर्षण गराउँदै आउदा पनि निर्माण कार्य नरोकिएको भन्दै हाम्रो समाज सस्थाका सचिव मुकेश ज्यापुले आक्रोश पोख्नुभयो ।

त्यस स्थानमा रहेको शौचालय पुरानो एवं जिर्ण भएकाले भत्काएर नयाँ निर्माण गर्न लागिएको वडा अध्यक्ष ध्रुब नारायण मानन्धरको भनाइ छ । महानगरपालिकाको यो कदम वागमती विष्णुमती सभ्यता अभियान विरुद्ध भएको भन्दै तत्काल निर्माण रोक्न स्थानीले माग गरेका छन् ।