२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


सहकारी ठगीको आरोपमा गोर्खा मिडियाका संचालक जोशी पक्राउ


2.275k
Shares

काठमाडौं । गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज अपरान्ह काठमाडौबाट पक्राउ गरेको हो ।

सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारवाही गर्न सिफारिस गरेको आधारमा पक्राउ गरिएको हो । गोर्खा मिडियाका तत्कालिन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, संचालक छविलाल जोशीलगायतले पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ बराबरको रकम गोर्खा मिडियामा ल्याएर दुरुपयोग गरेको ठहर छानविन समितिले गरेको छ । जोशी विरुद्ध कास्की प्रहरीमा उजुरी परेकाले उनलाई कास्की प्रहरीमा बुझाइने प्रहरीले जनाएको छ ।

यसैबीच, सहकारी ठगी छानविन समितिको प्रतिवेदनकै आधारमा राािष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रहरीले निगरानीमा राखेको बुझिएको छ । कास्की प्रहरीले लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि काठमाडौं प्रहरीले उनलाई निगरानीमा राखेको बुझिएको छ । लामिछाने अहिले पार्टी कार्यालय बनस्थलीमा रहेको बुझिएको छ भने लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई कार्यालयमा भेला हुन सर्कुलर जारी गरेका छन् ।

यसअघि गृहमन्त्री रमेश लेखकले सहकारी ठगी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिनुभएको थियो । आज प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयनका लागि निर्देशन दिनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । समितिले गत सोमबार संसदमा उक्त प्रतिवेदन बुझाएको थियो भने तत्कालै संसदले सरकारलाई हस्तान्तरण गरेको थियो ।