२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


विधायन व्यवस्थापन समितिले दशैंअघि नै दुई विधेयकमाथिको छलफल सक्ने


351
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैं अगाडि नै छलफल गरिसक्ने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकपछि कुरा गर्दै समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडि नै छलफल गरेर सक्ने बताउनुभएको हो ।

सभापति दहालले शुक्रबारको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताउनुभयो । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ ।

समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिनुभयो ।