काठमाडौं । विधायन विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पतिभएको सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेस गर्नुभएको हो ।
विधायन विधेयक सम्बन्धि समितिको प्रतिवेदन, २०८१ नाम दिएको सो प्रतिवेदनमा कानून निर्माणको काममा सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको समिति सभापति सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्