सिन्धुली । सिन्धुलीमा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ । वर्षायामको धमिलो र फोहोर पानी सेवन गरेका कारण बिरामीको संख्या बढ्दै गएको हो ।
जिल्ला अस्पताललगायत गाउँगाउँका स्वास्थ्य संस्थामा पनि बिरामीको संख्या बढ्दै गएको छ ।
जिल्ला अस्पताल सिन्धुलीमा यसअघि दैनिक ५० देखि एक सय जना भाइरलका बिरामी आउने गरेकोमा पछिल्ला दिनहरुमा दैनिक ३ सयको हाराहारीमा बिरामी आउन थालेको अस्पतालले जनाएको छ ।
भाइरलबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित छन् ।
खोकी लाग्ने, हाछ्युँ आउने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर दुख्ने जस्ता समस्या लिएर उपचारका लागि आउने गरेको चिकित्सकहरु बताउँछन् ।
ग्रामीण क्षेत्रमा झालापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाका विरामी समेत बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।
स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्दै गएपछि उपचारमा समेत समस्या हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्