काठमाडौं । कानूनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताउनुभएको छ ।
दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाई गर्न नहुने उहाँको भनाई थियो । सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को समिक्षात्मक टिप्पणी गर्दै कानूनविद् अधिकारीले दुई मुलुकबीचका देखिएका असमानका सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले नेपालको जलस्रोतलाई दुई मुलुकबीचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख गर्नुभयो ।
कानूनविद् अधिकारीले नेपालले विगतमा पनि भारतसँग कमजोर ढंगले प्रश्तुत हुँदा विगतमा भएका असमान खालको सन्धि सम्झौता पुनरावलोकन हुन नसकेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्