काठमाडौं । गुँला पर्वको अवसरमा मंगलबार (आज) कालो माटोको तथागत बुद्धका मूर्तिहरु बनाएर धार्मिक परम्परा सम्पन्न गरिएको छ ।
गुँला पर्वको पहिलो दिनदेखि कालो माटोलाई साँचोमा राखेर मूर्तिहरु बनाउने गरिन्छ । महिना भर बनाइएको मूर्तिहरुलाई आज एककृत गरेको चैत्य आकारमा पूजा समेत गरिन्छ ।
विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुँला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै उठेर मूर्तिहरु बनाई महायान र वज्रयान बौद्ध परम्परा अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । परिवारका सदस्यहरु लगायत गुठीका सदस्यहरु मिलेर मूर्ति बनाउने गरिन्छ । बौद्ध चैत्य, लोकेश्वर, वोधिसत्व र तारा लगायतका मूर्ति समेत हरेक दिन बनाएर पूजा गर्ने परम्परा छ ।
यसरी मूर्ति बनाउने परम्परालाई नेपाल भाषामा ‘द्यो थायगु चिवा थायगु’ भनिन्छ । महिना भर बौद्ध विहार, बहा बहीहरुमा प्रज्ञापारमिता र नामसंंगीति लगायतको पाठहरु समेत गरिन्छ । भोलि बिहान सबैरै नजिकैको नदी र खोलामा बनाइएका मूर्ति र चैत्यहरु सेलाएर बिधिवत पूजा सम्पन्न गरिन्छ । यसैबीच, मानन्धर समुदायको कन्या खुवाउने गुथीले २५ हजार भन्दा बढी मूर्तिहरु र चैत्यहरु बनाएर विशेष पूजापाठ समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्