१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


प्रधानमन्त्री ओलीको प्रश्न – मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?


1.027k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीलेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने रु भनि प्रश्न गर्नुभयो । उहाँले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीलेले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गर्नुभयो । उहाँले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनुभयो । उहाँले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताउनुभयो । उहाँले नेपालमा अब कुनैपनि प्रकारको हिंसा सम्भव नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताउनुभयो । उहाँले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताउनुभयो । उहाँले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा९एमाले० र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताउनुभयो । उहाँले क्याप्टेन थापाको विभिन्न व्यवसायहरु भएपनि व्यवसाय मात्रै चलाएर नबसेको भन्दै उहाँ सचेत नागरिक समेत भएको बताउनुभयो ।