काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गर्नुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडार्इंबाट सफलता हात पारेको स्मरण गराउँदै अब मुलुकको विकास, निर्माणको काममा तिब्रता दिन इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले काँग्रेस निकट इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एशोसिशएनको निर्वाचनमा विजयी हुनेगरी तयार गर्नपनि सचेत गराउनुभयो ।
उपप्रधानमन्त्री सिंहले सरकारले जनतालाई राहत दिनका लागि विकास, निर्माणको कामलाई तिब्रता दिइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्