काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले यस्तो आग्रह गर्नुभएको हो ।
सांसद जबराले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताउनुभयो । उहाँले नेपालको विकास सानो र ठूलो पार्टीले नभनि सबै मिलेर गर्न आवश्यक रहेको बताउनुभयो ।
सांसद जबराले मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर आफू अघि बढेपनि नागरिकहरुले अरुलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताउनुभयो । उहाँले दुई वटा ठूला पार्टीहरु शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताउनुभयो । उहाँले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको बताउनुभयो ।
सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्