 
	    काठमाडौं । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।
शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग गर्दै आन्दोलन गरेको हो । उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए ।
संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझै सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । आफूहरुलाई महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन् ।
संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताउनुभयो ।
उनीहरुले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए । लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्ने उद्देश्यले हटाइएको उनीहरुको आरोप छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्