१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छ : प्रधानमन्त्री ओली


286
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताउनुभएको हो । उहाँले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देहबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराउनुभयो । उहाँले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताउनुभयो । उहाँले स-साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताउनुभयो । उहाँले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको बताउनुभयो । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।