काठमाडौं । प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताउनुभएको छ ।
मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु भएको बताउनुभएको हो ।
प्रथम महिला शाक्यले प्रहरी श्रीमानहरुलाई अगाडी बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न आग्रह गर्नुभयो ।
प्रथम महिला शाक्यले नेपाल प्रहरीका परिवारलाई एक आपसको भावना बुझेर संयमता, धैर्यता र शान्तिपूर्वक अगाडि बढ्न पनि अनुरोध गर्नुभयो । उहाँले नेपाल प्रहरी श्रीमती संघलाई प्रहरी जवानहरुको श्रीमतीहरुलाई पनि संगठित गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्