ओखलढुंगा । ओखलढुंगाको सदरमुकाममा पनि नेवार समुदायले गाईजात्रा निकालेका छन् ।
एकवर्षभित्र परलोक भएका आफन्तको सम्झना र दिवंगत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा निकालिएको हो ।
गाईजात्राका झाँकीहरुले ओखलढुंगा सदरमुकाम परिक्रमा गरेका थिए । गाईजात्राको अवसर पारेर शोककाव्यमा आधारित रामायणजात्रा पनि निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्