१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सुनवल नगरपालिकाले सुरु गर्‍यो अवैध नदीजन्य पदार्थ जफत प्रक्रिया


286
Shares

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले अवैध रुपमा चोरी गरी विभिन्न ठाउँमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ ।

पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले अभियान नै सञ्चालन गरेर डम्पिङ स्थानको खोजी गरेर जफत गर्न थालेको नगर प्रमुख विमला अर्यालले बताउनुभयो ।

अभियान अन्तरगत चोरी निकासीमा प्रयोग गरिएका सवारी साधन पव्रmाउ गर्ने र अवैध डम्पिङ गरिएको नदीजन्य पदार्थ पनि जफत गर्ने उहाँले बताउनुभयो । वर्षाको समय असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी कार्य बढेको हो ।

चोरी गरेका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायतका स्थानमा डम्पिङ गरेर राखेको पाइएको पनि नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । तुरियाखोला, चारघरे, सोमई टोलालगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो ।

अलिहेसम्म करिब ६ लाख बढीको ढुंगा जफत गरिएको छ भने जफत गरिएका सामग्री लिलाम गरिने छ । जिल्लाको बर्दघाट, रामग्राम नगरपालिकालगायतका खोलाहरुबाट पनि नदीजन्य पदार्थको चोरी कार्य बढेको बताइएको छ ।