काठमाडौं । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले चाडपर्वलक्षित योजना ल्याएको छ ।
कम्पनीले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिकातीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको हो ।
योजना एक महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम १० हजार बराबरको रेमिट पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्