२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली


208
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बालबालिका सडकमा हुनु नहुने बताउनुभयो । उहाँले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताउनुभयो । उहाँले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताउनुभयो । युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताउनुभयो ।