१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


दुई वर्षभित्र काठमा आत्मनिर्भर बन्नसक्छौं : वनमन्त्री ठकुरी


1.638k
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले यस्तो बताउनुभएको हो ।

वनमन्त्री ठकुरीले नीतिगत तहमा दिगो वन व्यवस्थापन मापदण्ड स्वीकृति, कार्यन्वयन गर्ने र वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वनलाई उत्पादनमुलक कसरी बनाउने रु र उद्यम विकासमार्फत कसरी हरित रोजगारी बढाउने भन्नेबारेमा पनि सरकारले सोचिरहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले वन ऐन, २०७६ को प्रभावकारी कार्यान्वयन, फौजदारी न्याय सम्पदानको विषय महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले काठ, दाउरा उत्पादन वृद्धि,काठ आयात प्रतिष्थापन गरी दुई वर्ष भित्रमा काठमा आत्मनिर्भर बन्ने र पाँच वर्षमा काठजन्य सामग्रीको आयात प्रतिष्थापन गर्ने बताउनुभयो ।

मन्त्री ठकुरीले व्यापारिक प्रयोजनमा नजाने सामुदायिक वनको कार्ययोजना डिभिजन वन कार्यालयले सजिलोसँग रेन्यु गरिदिने व्यवस्था मिलाउनसके दुई तिहाई वनहरुको समस्या समाधान हुने बताउनुभयो । उहाँले उत्पादन र व्यापारिक प्रयोजनमा जानेको हकमा संघ, प्रदेश र स्थानीय सरकारले वार्षिक कार्यक्रममा राखेर सहयोगी आयोजकहरुलाई भनि एक वर्षभित्र समाधान गर्नुपर्ने बताउनुभयो ।