काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहलेअहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने बताउनुभयो ।
मन्त्री सिंहले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
मन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्