Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल


117
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने रु सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताउनुभयो ।