काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकार कर्मी, आम नागरिकहरुको काँधमा रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताउनुभयो ।
उहाँले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताउनुभयो । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताउनुभयो । उहाँले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्