१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सरकारले स्रष्टाहरुको सम्मान गर्छ : प्रधानमन्त्री ओली


156
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरुको सम्मान गर्ने बताउनुभएको छ ।

एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरुले दिएको योगदान सदा स्मरणीय रहिरहने बताउनुभयो । उहाँले स्रष्टाहरुसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गर्नुभयो । जनवादी कलाकारहरु रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म पुराना साथीहरुको योगदानहरुको सम्मान गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु । अरु साथीहरुको मैले नाम उल्लेख गरिन होइन, अब कसको नाम उल्लेख गर्ने, कसको नगर्ने रु शुम्भ राईको उल्लेख गर्दा बमबहादुरको छुट्ला भन्ने डर । यसरी धेरै महत्वपूर्ण योगदान साथीहरुले गर्नु भएको छ । म सबै साथीहरुलाई एकमुष्ट सम्मान गर्न चाहन्छु ।’

एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरुले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने बताउनुभयो ।