२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


संस्कृति हरेक देशको प्राण तत्व हो : मन्त्री पाण्डे


169
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताउनुभएको छ ।

मंगलबार पाटन पर्यटन विकास संस्थाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले संस्कृति हरेक देशको आत्मा र प्राण तत्व भएकाले आत्मा बिना बाँच्न नसकिने जिकिर गर्नुभयो । उहाँले कुनैपनि समाजको आत्मा भनेको संस्कृति रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले सरकारले असल संस्कृति बोकेर हिँड्ने पनि बताउनुभयो । उहाँले असल बाटो, सदाचार र शिष्टाचार भएको पनि बताउनुभयो । नेपालीले बोकेको संस्कृति जगाउनुपर्ने कर्तव्य रहेको पनि बताउनुभयो ।

मन्त्री पाण्डेले नेपालमा पर्यटनको सम्भावना उच्च रहेको बताउनुभयो ।