२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


धनकुटामा ट्राफिक कारवाहीबाट ७६ लाख राजस्व संकलन


182
Shares

धनकुटा । धनकुटामा गत एक वर्षको अवधिमा १३ हजार भन्दा बढी सवारी साधन ट्राफिक कारवाही पर्दा ७६ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ ।

ट्राफिक नियम उल्लघंन गर्ने १३ हजार २१ सवारी साधन कारबाहीमा परेको र त्यसबाट ट्राफिक प्रहरीले उक्त रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी ५ हजार ५ सय ३७ मोटरसाईकल, ४ हजार ७ सय ७२ जीप र कारलाई कारबाही गरिएको छ । त्यस्तै १ हजार १ सय ६१ ट्रक, ६ सय ६८ टेम्पो, ३ सय ९५ ट्याक्टर, ३ सय ३६ बस १ सय ५१ टिपर र १ अन्य सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु तथा समान बोक्ने, बिना लाइसेन्स सवारी चलाउने, ट्राफिक नियम उल्लघंन गर्नेलगायतका कारबाही गरिएको पनि ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।