 
	    काठमाडौं । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिएकी छिन् ।
५७ केजी मुनिको तौल समूहमा नेपालककी मनितालाई सर्वियाकी मारिका पेरिचिजले इप्पोनमा सहजै पराजित गरिन् ।
मनिता १ मिनेट दुई सेकेण्ड मात्रै म्याचमा टिकिन् । यो सहज हारमा जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन् ।
यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बािरिसकेका छन् । मनिता सागकी रजत विजेता खेलाडी हुन् भने उनीसँग वल्र्ड च्याम्पियनसिप खेलेको अनुभव पनि छ । तर उनले ओलम्पिक्समा प्रभावशाली प्रदर्शन गर्न सकिनन् ।
जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइनन् । आजै प्रिन्स दाहालले पनि समूह चरणको खेल खेल्दैछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्