दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, भदौ ३० । नहरमा तैरिरहेको अवस्थामा कन्चनपुरमा एक वृद्धाको शव फेलापरेको छ ।
भीमदत्त नगरपालिका–२, उल्खामस्थित नहरमा करिब ५० वर्षीया वृद्धा आइती सार्कीको शव तैरिएको अवस्थामा फेलापरेको हो ।
महेन्द्रनगरमा तरकारी बेच्दै आएकी सार्कीको शनिबार बिहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।
दैलेखको भुर्ती नगरपालिका स्थायी घर भएकी सार्की विगत पाँच वर्षदेखि भीमदत्त नगरपालिका–२, भाँसीमा डेरामा बस्दै आएकी थिइन् ।
मृत्युको कारण पत्ता लागेको छैन । शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्