काठमाडौं, भदौ ३० । गणेश चतुर्थीको अवसर पारेर शनिबार काठमाडौंको मरुमा गणेश सहश्रनाम पूजा गरिएको छ ।
काठमाडौंका नेवार समुदायले बिहानै चोखोनीतो भएर गणेश सहश्रनाम पूजा गरेका हुन् ।
उनीहरुले विभिन्न चोकबाट भगवान् गणेशअंकित प्लेकार्डसहित प्रभातफेरीसमेत निकाले । प्रभातफेरी शान्ति निकुञ्ज माध्यमिक विद्यालयको प्रांगणमा पुगेर समापन भएको थियो ।
प्रभातफेरीपछि ७५० जना बालबालिकालाई भगवान् गणेशको स्वरुपमा पूजा गरिएको थियो भने विभिन्न मिष्ठान्न भोजनसमेत गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्