२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


देशको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली


403
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ ।

बिहीबार ६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनुभयो । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनुभयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।