२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


मौद्रिक नीतिमार्फत पुँजीकोषको व्यवस्थामा सहजीकरण गर्न बैंकर संघको माग


234
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भेट गरी बैंकरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोष सकसमा रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहज गरिनुपर्ने माग राखेका हुन् । संघका उपाध्यक्ष सन्तोष कोइरालाले यसमा सहज गरिनुपर्ने माग गर्नुभयो ।

संघका पूर्वअध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरुले पुँजी सकसका कारण पैसा भएर पनि कर्जा दिन नसकेको बताउनुभयो । बैकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारलाई विभिन्न शिर्षकमा दिएको कर्जा भुक्तानी नहुँदा पनि बैंकहरुलाई समस्या भएको भन्दै १३ अर्ब रुपैयाँमा ३ अर्ब मात्रै भुक्तानी भएको बताउनुभयो ।

सरकारबाट नै पैसा नआउँदा राम्रो सन्देश नगएको प्रति बैंकरले स्मरण गराएका छन् ।