काठमाडौं । सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।
नायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको हो ।
उनीहरु दुवैको शव घटनास्थलभन्दा १ सय ३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । दुई जनाको शवको सनाखत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका– ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रपुर नगरपालिका– १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए ।
अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ । आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ । हराइरहेकाहरुको अत्याधुनिक प्रविधिद्धारा खोजि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्