२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


धनगढीबाट ४ लाख घुससहित दुई कृषि प्राविधिक पक्राउ


780
Shares

कैलाली । धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका– २ जना कृषि प्राविधिक पक्राउ परेका छन् ।

४ लाख १२ हजार घुस रकमसहित २ जना कृषि प्राविधिक रंगेहात पक्राउ परेका हुन् । कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी पक्राउ परेका छन् ।

स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले दुवै जनालाई धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो । उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस रकम मागेका थिए ।