काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुंगो लगाउने निर्णय हुने छ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने काँग्रेसले बताएको छ ।
बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ । साथै नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्