काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको राष्ट्रपति भवन शितलनिवासले जनाएको छ ।
संविधानविद्हरुसंग परामर्श गरेपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । आगामी आइतबार अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
प्रतिनिधिसभामा आज भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा प्रधानमन्त्री दाहालको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।
प्रतिक्रिया दिनुहोस्