१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


मुलुकलाई निकास दिन कांग्रेस-एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौ : अब्दुल खान


728
Shares

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पार्नुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै सांसद खानले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताउनुभयो ।

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताउनुभयो ।