२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना


494
Shares

काठमाडौं । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना सञ्चालनमा ल्याएको छ ।

नेपाली उपभोत्तालाई सधै अन मार्फत सशत्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित यो नयाँ योजना ल्याइएको हो ।

उद्यमी व्यावसायीका लागि मासिक रेन्टलमा ४ सय ९९ देखि १ हजार ९ सय ४९ सम्मका पाँचवटा योजनाहरु ल्याएको छ । जस अन्र्तगत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि समावेश गरिएको छ । मेरो लगानी एपले शेयरबजारको नाफा नोक्सान ट्रयाक गर्ने जनाइएको छ ।

यस्तो सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान पनि लिन सक्ने कम्पनीको भनाइ छ ।

नेपाली व्यावसायीको डेडिकेटेड विजनेस पाटर्नसको रुपमा ऐनसेलले इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रको दिगो बृद्धिलाई सहयोग पुर्याउने विश्वास एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले गर्नुभएको छ ।