एजेन्सी । पेलेस्टाइनको गाजाक्षेत्रमा विस्थापित व्यक्तिहरू बसेको शिविरमा भएको इजरायली हवाई आक्रमणबाट २९ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले खान युनिस शहरको अल–अव्दा विद्यालयको गेटनजिक आक्रमण भएको हो । मारिनेमा अधिकांश बालबालिका रहेका छन् । सो क्षेत्र खाली गर्न इजरायली सेनाले बारम्बार चेतावनी दिंदै आएको थियो । घाइतेहरुको उपचार गाजाकै नासेर अस्पतालमा भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बुझिएको छ ।
इजरायली सेनाले विगत चार दिनमा विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरूमा गरेको यो चौथो आक्रमण हो । आश्रयस्थलमा हमासका नेताहरु, प्रहरी अधिकारीहरू र लडाकुहरू रहेको दाबी गर्दै आएको छ ।
यसअघि गत शनिबार, मध्य गाजाको शहरी नुसेरात शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्र सञ्चालित विद्यालयमा भएको हमलामा १६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्