काठमाडौं । नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला भलिबल लिग सञ्चालन गर्न स्वीकृति दिएको छ ।
यसलाई महिला भलिबलको क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्ने अवसरका रुपमा लिएको बताइएको छ ।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इनफिनिटीलाई नेपाल भित्र ७ वर्षका लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति प्राप्त गरेकोमा बधाई दिनुभयो । इनफिनिटीले होम र अवे सिद्धान्तको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको हो ।
देशका महिलाहरुलाई भलिबलमार्फत सशक्त बनाउने कार्यमा सँगै काम गर्न यसले सहयोग पुग्ने बताउनुभयो । लिगको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भलिबलको स्तर बृद्धि गरी व्यवसायिकता प्रवद्र्धन गर्नु रहेको संघले जनाएको छ ।
लिगले भलिबलप्रति युवा भलिबल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा आकर्षित गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा उनीहरुलाई प्रदर्शन गर्ने ठूलो प्लेटफर्म हुने बताउनुभयो । यो कार्यक्रमले नेपालको खेलकुद पर्यटनमा पनि टेवा पु¥याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्