Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सोह्रखुट्टे–बालाजु सडक भासियो


0
Shares

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासिएको छ ।

बुधवार सोह्रखुट्टे–बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ ।

बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।