काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताउनुभएको हो । उहाँले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउनुभयो । उहाँले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गर्नुभयो ।
सांसद झाले राजदुतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताउनुभयो । उहाँले उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्