Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गृहमन्त्रीलाई सांसद राणाको प्रश्न – सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?


559
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनि प्रश्न गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरेपनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरुको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराउनुभयो । सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिनुभयो ।

सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गर्नुभयो ।