Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छ : बर्तौला


299
Shares

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौला सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताउनुभएको हो ।

प्रमुख सचेतक बर्तौला यस समितिमा एमालेको भुमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको बताउनुभयो । उहाँले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताउनुभयो ।