३ असार २०८१, सोमबार | Mon Jun 17 2024


मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ


130
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ ।

शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताउनुभयो । उहाँले शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, शाहस, निडर व्यक्तित्व रहेको बताउनुभयो । उहाँले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा समाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताउनुभयो । महिलाहरुको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताउनुभयो ।